• ट्रेण्डिङ्ग :
पोलियो निवारण गर्न आइपिभी खोप अभियान

पोलियो निवारण गर्न आइपिभी खोप अभियान


  • 3.5K
    SHARES
    • जेठ ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.3K Views

    पोलियो निवारण गर्न आइपिभी खोप अभियान

    विराटनगर, ७ जेठ । मोरङमा यस वर्ष ५२ हजार तीन सय ५२ बालबालिकाका लागि आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । सो अभियान जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ ।

    images

     जनस्वास्थ्य कार्यालय मोरङले आइपिभी खोप अभियान–२०८१ सम्बन्धी आयोजित पत्रकार सम्मेलनमा आज सो जानकारी दिएको हो । जनस्वास्थ्य प्रमुख डा सुरेश मेहताले विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

     स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत भरत भण्डारीले २०७३ वैशाखदेखि २०७५ असोजसम्ममा पोलियो खोप खुवाउन छुटेका बालबालिकालाई यो खोप खुवाउने र यसका लागि मोरङमा छ सय ७२ वटा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो ।


    तेस्रो आँखा