• ट्रेण्डिङ्ग :
आफ्नो मागबारे राजनैतिक दलले बेवास्ता गरेको भन्दै बारको असन्तुष्टी

आफ्नो मागबारे राजनैतिक दलले बेवास्ता गरेको भन्दै बारको असन्तुष्टी


  • 6.1K
    SHARES
    • माघ २४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    आफ्नो मागबारे राजनैतिक दलले बेवास्ता गरेको भन्दै बारको असन्तुष्टी

    काठमाडौं, २४ माघ। नेपाल बार एशोसियसनले बारले उठाएको मागप्रति राजनैतिक दलहरुले बेवास्ता गरेको भन्दै राजनैतिक दलहरुप्रति असन्तुष्टी व्यक्त गरेको छ।

    images

    सोमबार नेपाल बार एशोसियसनले पत्रकार सम्मेलन गर्दै आफूहरुले न्यायालयको भ्रष्टाचार र बिचौलीया नियन्त्रण गर्न उठाएको कुराहरुलाई राजनैतिक दलहरुले बेवास्ता गरेको भन्दै असन्तुष्टी व्यक्त गरको हो।

    सम्मेलनमा बोल्दै नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्याधीसले राजिनामा दिनुपर्ने कारणहरु उल्लेख गरेर सरकारका र प्रतिपक्षका दलका अध्यक्षलाई दिएको कुराहरुमा बेवास्ता गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए।

    नेपाल सरकारले चोलेन्द्र समशेर ठिक छ भनेर चोलेन्द्रकोविरुद्धमा नबोली बसेको अधिवक्ताहरुले आरोप लगाएका थिए। प्रधानन्याधीशले राजिनामा नदिएपछि महाअभियोग लगाउन पर्ने विषयमा बारले सांसदहरुलाई ध्यानाकर्षण गरेको तर सांसदहरुले केही फाइदा लिएको कारणले बोल्न नसकेको पनि बार अध्यक्ष श्रेष्ठले आरोप लगाएका छन्।

    नेपाल बार एशोसियसनले प्रधान्याधीश चोलेन्द्र शमशेर जबराको राजिनामाको माग गर्दै लामोे समयदेखि आन्दोलन गर्दै आएको छ। नेपाल बारले आफू चोलेन्द्रको बर्हिगमन नभई पछि नहट्ने बताएको छ। 
     

     


    तेस्रो आँखा