• ट्रेण्डिङ्ग :
मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल

मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल


  • 2.6K
    SHARES
    • जेठ ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.0K Views

    मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल

    जनकपुरधाम, ८ जेठ/ पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश  सरकारको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ ।

    images

    आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सङ्घीय सरकारको स्वरुपमा भएको परिवर्तनअनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताउनुभयो । मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालले बताउनुभयो ।
     
    “प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ, ”, अध्यक्ष भन्नुभयो । फरक प्रसङ्गमा उहाँले मुलुकको  समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको उल्लेख बताउनुभयो । 


    तेस्रो आँखा