• ट्रेण्डिङ्ग :
‘बुद्धका उपदेश पालना गरौँ’

‘बुद्धका उपदेश पालना गरौँ’


  • 2.5K
    SHARES
    • जेठ १०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 3.9K Views

    ‘बुद्धका उपदेश पालना गरौँ’

    काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

    images

    बुद्ध जयन्तीका  अवसरमा आज शुभकामना सन्देश जारी गरेर उहाँले हाम्रो देश अझै पनि हिंसा, मानव अधिकार प्रतिकूल घटनाबाट मुक्त हुन नसकेको बताउँदै मानव अधिकार विरोधी क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभएको छ । 


    “शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गरौँ, अशान्ति, हत्या र हिंसाको विरोध गरौँ । देशमा शान्ति कायम होस्, सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउँन्”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।


    तेस्रो आँखा