• ट्रेण्डिङ्ग :
आज यी क्षेत्रमा वर्षाको सम्भावना

आज यी क्षेत्रमा वर्षाको सम्भावना


  • 9.1K
    SHARES
    • माघ २५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    आज यी क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौं, २५ माघ । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

    images

    दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    राति पूर्वी तथा पश्चिम नेपालका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन छ ।

    बुधबार कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी लगायत बागमती र प्रदेश १ का पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ ।


    तेस्रो आँखा