एमसीसी फिर्ता गर्न वामदेव गौतमकाे आग्रह

एमसीसी फिर्ता गर्न वामदेव गौतमकाे आग्रह


  • 7.4K
    SHARES
    • माघ २५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    एमसीसी फिर्ता गर्न वामदेव गौतमकाे आग्रह

    काठमाडौं, २५ माघ। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन्।

    images

    अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्युन नभएको भन्दै परियोजनालाई फिर्ता लान गौतमले आग्रह गरेका हुन्। 

    गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको बताए।

    नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था नदेखिने उनको भनाइ छ। नेता गौतमले नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न आग्रह गरेको छ। 

    नेपालको हितका लागि एकपक्षीय रूपमा भए पनि अमेरिकी सरकारले परियोजना फिर्ता गर्नुपर्नेमा पनि गौतमको जोड छ। 

    उनले एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको पनि बताएका छन्। एमसीसी परियोजनाका कारण सत्तारूढ पाँचदलीय गठबन्धन संकटमा परेका बेला नेता गौतमको यो अभिव्यक्ति आएको हो। 

  • सम्बन्धित विषय:

  • # एमसीसी सम्झौता
  • # वामदेव गाैतम

  • तेस्रो आँखा