काठमाडौं, २५ माघ । हिउँ खेल्न गएका बारपाकका दुईजना बालक सम्पर्कविहीन भएका छन्। पाँच दिनअघि लाप्राक गएका दुई जना बालक सम्पर्कविहीन भएका हुन् ।
बरपाक सुलिकोट गाउँपालिका– १ का १६ वर्षिय साईला घले र वडा नम्बर २ का सोही उमेरका करन घले सम्पर्कविहीन भएका हुन्।
उनीहरु माघ २० गते हिउँखेल्न गएका उनीहरु घर नर्फकेपछि बल्ल परिवारले खोजी गरिदिन बारपाक चौकी र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएका छन्।
हिउँ खेल्न गएर सम्पर्कविहीन भएका दुईजना बालकको खोजी तीव्र बनाइएको र उनीहरुले बोकेको मोवाईल ट्रयाकिङ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। मोवाईमा फोन सम्पर्क भने हुन सकेको छैन।
