थापाको राप्रपा परित्याग ज्यादै गलत - अध्यक्ष लिङ्देन

थापाको राप्रपा परित्याग ज्यादै गलत - अध्यक्ष लिङ्देन


  • 16.1K
    SHARES
    • माघ २५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 24.8K Views

    थापाको राप्रपा परित्याग ज्यादै गलत - अध्यक्ष लिङ्देन

    काठमाडौं, २५ माघ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गर्नु उपयुक्त कदम नभएको बताएका छन्। उनले आफूले सामाजिक सञ्जालमार्फत थापाले पार्टी परित्याग गरेकाे भन्ने थाहा पाएको र थापाको यो निर्णयले राप्रपाका आम कार्यकर्ताहरुलाई विचलित नहुन पनि आग्रह गरे ।

    images

    ‘उहाँले पार्टी भित्र राखेका मागहरुको सम्बोधनका लागि पहलकदमी लिईरहेकै बेला यो खालको निर्णय गर्नुभयो,’ लिङ्देनले तेस्रो आँखासंग भने ‘यो कदम राम्रो भएन।’ उनले थापाले पार्टी परित्याग गर्ने निर्णय गरेर उनको आफ्नो राजनीतिलाई समेत नोक्सानी पुर्याएको बताए। ‘मलाई उहाँले राप्रपा परित्याग गरेको घोषणा गर्नुहोला भन्ने लागेकै थिएन,’ उनले भने ‘तर उहाँले जुन निर्णय लिनु भयो , यो उहाँको आगामी राजनीतिक जीवनका लागि पनि राम्रो निर्णय हैन ।’

    अध्यक्ष लिङ्देनका अनुसार थापा र आफूबीचमा पार्टीभित्रको अन्तर बिरोध समाधानका लागि वार्ता समेत भएको थियो । थापाले पार्टी समक्ष राखेका माग सम्बोधनका लागि केन्द्रीय समिति बैठक बसेर गर्ने तयारी समेत राप्रपाले गरेको अध्यक्ष लिङ्देनले दाबी गरे । ‘उहाँका असहमतिका विषयहरुमा म गम्भिर थिएँ, र यो विषयलाई सहज तरिकाले अवतरण गर्ने तयारी भैरहेको थियो,’ उनले भने ‘केन्द्रीय समिति बैठक बसेर समेत असहमती अन्त्य गर्ने तयारीमा पार्टी थियो ।’

    साथै उनले पाटीभित्रको अन्तरविरोधको समाधानका लागि आफू प्रयत्नशिल रहेको र थापाको पार्टी परित्यागदेखि आम कार्यकर्ताहरु विचलित हुनु नपर्ने बताए । ‘म तपाईकै सञ्चार माध्यममार्फत राप्रपाका आम कार्यकर्ताहरुलाई कुनै पनि विचलनमा नपर्न अनुरोध गर्दछु,’ उनले भने ‘राप्रपाको मर्म, मूल्य र मान्यता यथास्थानमै कायमै रहने छ, यसबाट विचलित हुनुपर्ने कुनै पनि कारण छैन ।’

  • सम्बन्धित विषय:

  • # कमल थापा
  • # राजेन्द्र लिङ्देन
  • # राप्रपा

  • तेस्रो आँखा