• ट्रेण्डिङ्ग :
मधेस प्रदेश प्रमुखसमक्ष महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पेस

मधेस प्रदेश प्रमुखसमक्ष महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पेस


  • 2.5K
    SHARES
    • जेठ १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.9K Views

    मधेस प्रदेश प्रमुखसमक्ष महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पेस

    धनुषा, १६ जेठ । महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पेस गरिएको छ । प्रदेश प्रमुखको निजी सचिवालय जनकपुरधाममा आज महालेखापरीक्षक मधेश प्रदेश कार्यालय प्रमुख श्यामप्रसाद भण्डारीले प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो ।

    images

    महालेखापरीक्षकको कार्यालयबाट तयार गरिएको नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भण्डारीसमक्ष पेस गर्नुपर्ने प्रावधान छ । 

    प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भण्डारीले प्रतिवेदनको अध्ययन गरी प्रदेशमा आर्थिक सुशासन कायम गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिने बताउनुभयो । प्रदेश प्रमुख भण्डारीले मधेस प्रदेशमा अन्य प्रदेशका तुलनामा बेरुजु बढी हुनु चिन्ताको विषय भएको बताउँदै यस विषयमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । “महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएका विषयको कार्यान्वयनले प्रदेशमा आर्थिक अनुशासन कायम गर्नमा ठूलो मद्दत पुग्ने विश्वास लिएको छु । यस विषयमा प्रदेश सरकारलाई आवश्यक सुझाव र ध्यानाकर्षण गर्नेछु”, उहाँले भन्नुभयो । 

    महालेखापरीक्षक कार्यालय मधेश प्रदेश कार्यालय प्रमुख सहसचिव भण्डारीले गत वर्षभन्दा मधेश प्रदेशमा बेरुजु बढेको बताउँदै बेरुजु बढ्नुमा म्याद नाघेको पेश्की प्रमुख कारण रहेको बताउनुभएको छ ।

    कार्यक्रममा मधेस प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेल र महालेखापरीक्षकको कार्यालयका उपसचिव ताराप्रसाद सुवेदीलगायतको सहभागी थियो ।


    तेस्रो आँखा