• ट्रेण्डिङ्ग :
स्थापना दिवसको अवसरमा रक्तदान

स्थापना दिवसको अवसरमा रक्तदान


  • 3.6K
    SHARES
    • जेठ १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.5K Views

    स्थापना दिवसको अवसरमा रक्तदान

    सुशील बस्नेत,तुलसीपुर,१८ जेठ/मानवअधिकार तथा शान्ति समाजको स्थापना दिवसको अवसरमा शुक्रबार रक्तदान गरिएको छ । शान्ति समाजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी दाङ शाखाको रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा तुलसीपुर स्थीत कालीकादेवि भवनमा १३ जना रक्तदाताहरुले रक्तदान गरेका हुन ।

    images

    पहिलो पटक रक्तदान गर्न पाउँदा असाध्य खुशी लगागेको बिशेषता के.सी.ले बताउनुभयो । राष्ट्रिय  अनुसन्धानमा कार्यरत बुबासँग रक्तदानका लागि आएकी बिशेषताले रक्तदान गर्दा आफुपनि स्वस्थ्यहुने र बिरामीले जिवन पाउने बताउनुभयो ।
    उहाँका बुवा रेशमबहादुर के.सी.ले पनि रक्तदान गर्नुभएको थियो । उहाँले भन्नुभयो, मानव अधिकारको क्षेत्रमा काम गर्ने स्वयमसेवि संस्थाले रक्तदानको आयोजना गरेको छोरीलाई सुनाए छोरीले पनिपहिलो पटक रक्तदान गर्न तयार भईन र बाबु छोरीले रक्तदानमा सहमभागि हुनपायौं । रक्तदान पहिलो पटक गर्नेअर्की मिना बुढा चौधरीले पनि खुशी ब्यक्त गर्नुभयो । स्वस्थ्य मानिसको खेर जान रगतलाई दानगर्दा अर्काे बिरामीले जिवनको बरदान पाँउछ त्यसैले रक्तदान गर्दै छु , उहाँले भन्नुभयो ।

    उहाँहरु बाहेक शान्ति समाजका कार्यबाहक सभापति कोमल डिसी, सचिव अमृत प्रसाद शर्मा, बिशेष श्रेष्ठ,दिपक शर्मा,शंकर बुढा, कर्ण बिर सार्की, अभिषेक वाईवा,तिलक वली, तिलकजंग वली र लक्ष्मण बुढाथोकीले शुक्रबार रक्तदान गर्नुभएको थियो । रक्तदानमा प्राबिधिक सहयोग रक्त संचार केन्द्रका रेखाचौधरी र चन्द्रा केसीले गर्नुभएको थियो । शान्ति समाज दाङ शाखाका कार्यबाहक सभापति कोमल डिसीको सभापत्विमा शुरु भएको रक्तदान कार्यक्रममा बिषयप्रबेश शाखा सदस्य एव मकार्यक्रमका संयोजक भिमलाल मरासीनिले गर्नुभएको थियो भने सहजीकरण सचिव अमृत प्रसाद शर्माले गर्नुभएको थियो । जेठ १९ गते मानवअधिकार तथा शान्ति समाजको २८ औं स्थापना भएको दिनको अवसरमा सुशासनका लागि नागरिक समाजको हस्तक्षेप आबश्यक बिषयक नागरिक संवाद शनिबार गर्ने तयारी गरेको छ ।

    जेठ २० गते लागू पदार्थ दुब्येशनी बिरुद्ध बिद्यालय केन्द्रित कार्यक्रम, जेठ २१ गते जातीय छुवाछूत बिरुद्धको कार्यक्रम, जेठ २२ गते बबई नदि घाट सरसफाई र जेठ २३ गते बिश्व बाताबरण दिवसको अबसरमा तुलसीपुरको रझेना स्थित बृद्ध आश्रम परिसरमा सस्थापक सभापति कृष्ण पहाडीज्यु लगायतको सहभागीतामा रोपीएका बिरुवाको गोडमेल र सरसफाई गर्ने कार्यक्रम रहेको छ । 
    ती कार्यक्रम ब्यबस्थीत रुपमा सम्पन्न गर्न शाखाका कार्यसमितिका बिभिन्न ब्यक्तिहरुलाई संयोजनको जिम्मेवारी दिएको छ । यसैबिच, जेठ १५ गते गणतन्त्र दिवसको अबसरमा दिपप्रज्वलन र जेठ १६ गते लोकतान्त्री गणतन्त्र ः असललाई जिम्मेवारी खवारलाई दण्ड भन्ने नाराका साथ शान्तिपूर्ण प्रदर्शन तुलसीपुरमा गरिएको छ ।


    तेस्रो आँखा