• ट्रेण्डिङ्ग :
स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ

स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ


  • 2.7K
    SHARES
    • जेठ २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.1K Views

    स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ

    सुनसरी, २० जेठ । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ ।

    images

    सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारमा निरीक्षण गर्दा बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार हरिनगर–५ का ३७ वर्षीय इसा अन्सारीलाई पक्राउ गरिएको छ । उक्त रकम हुन्डी कारोबारको भएको आशङ्का गरिएको छ ।  बरामद रकम, कार र चालकलाई राजस्व अनुसन्धान कार्यालय पठाइने सशस्त्र प्रहरी बल बराहवाहिनीका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई बताउनुभयो ।


    तेस्रो आँखा