दंगीशरण, २० जेठ । आजको प्रविधिको युगमा शिक्षकहरु पनि प्रविधि अनुकुलित हुन आवश्यक रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभएको छ । दंगीशरण गाउँपालिकाको आयोजनामा आयोजित दुई दिने एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अध्यक्ष गिरीले यस्तो बताउनुभएको हो ।
शिक्षा क्षेत्रमा मात्र नभइ हरेक क्षेत्रमा आईटि र प्रविधिको अनिवार्यता रहेकाले पनि कम्प्युटर नजानेको र आइटिमा अनुकुलित नहुने शिक्षकलाई अब्बल र सफल शिक्षक भन्न नमिल्ने उहाँको भनाइ थियो ।
समय र प्रविधिको विकाससँगै अबको केहि समयपछि पेपर लेसको प्रणाली नआउला भन्न नसकिदैन । अध्यक्ष गिरीले भन्नुभयो आफुहरु निती निर्माण र बजेट बिनियोजनको ठाउँमा रहेको र शिक्षाको गुणस्तरमा आमुल परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका शिक्षकहरुको नै हो ।
त्यस्तै कार्यक्रममा बोल्दै शिक्षा युवा तथा खेलकुद शाखा दंगीशरणका प्रमुख विनोद अधिकारीले शिक्षकहरु इएमआइएसमा अपडेट हुन अत्यन्तै जरुरी रहेको बताउनुभयो । अब शिक्षाको हरेक कुरा सफ्टवेयरमार्फत हुने हुँदा पनि एउटा सानो गल्तीले विद्यार्थी र विद्यालयलाई समेत घाटा तथा नोक्सानीबाट जोगाउन ध्यानपुर्वक सफ्टवेयर सम्बन्धी कुराहरु सिक्न आग्रह गर्नुभयो ।
शिक्षा युवा तथा खेलकुद शाखा दंगीशरणका प्रमुख विनोद अधिकारीको अध्यक्षता, तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा अभिमुखीकरणको उद्घाटन गरिएको हो ।
विरेन्द्र माध्यमिक विद्यालय हेकुलीका प्रधानाध्यापक खिमराज खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखा दंगीशरणका प्राविधिक सहायक उमा केसीले गर्नुभएको थियो ।प्रविधि अनुरुप शिक्षकहरु रुपान्तरित हुनु आवश्यक : अध्यक्ष गिरी
दंगीशरण, २० जेठ । आजको प्रविधिको युगमा शिक्षकहरु पनि प्रविधि अनुकुलित हुन आवश्यक रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभएको छ । दंगीशरण गाउँपालिकाको आयोजनामा आयोजित दुई दिने एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अध्यक्ष गिरीले यस्तो बताउनुभएको हो ।
शिक्षा क्षेत्रमा मात्र नभइ हरेक क्षेत्रमा आईटि र प्रविधिको अनिवार्यता रहेकाले पनि कम्प्युटर नजानेको र आइटिमा अनुकुलित नहुने शिक्षकलाई अब्बल र सफल शिक्षक भन्न नमिल्ने उहाँको भनाइ थियो ।
समय र प्रविधिको विकाससँगै अबको केहि समयपछि पेपर लेसको प्रणाली नआउला भन्न नसकिदैन । अध्यक्ष गिरीले भन्नुभयो आफुहरु निती निर्माण र बजेट बिनियोजनको ठाउँमा रहेको र शिक्षाको गुणस्तरमा आमुल परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका शिक्षकहरुको नै हो ।
त्यस्तै कार्यक्रममा बोल्दै शिक्षा युवा तथा खेलकुद शाखा दंगीशरणका प्रमुख विनोद अधिकारीले शिक्षकहरु इएमआइएसमा अपडेट हुन अत्यन्तै जरुरी रहेको बताउनुभयो । अब शिक्षाको हरेक कुरा सफ्टवेयरमार्फत हुने हुँदा पनि एउटा सानो गल्तीले विद्यार्थी र विद्यालयलाई समेत घाटा तथा नोक्सानीबाट जोगाउन ध्यानपुर्वक सफ्टवेयर सम्बन्धी कुराहरु सिक्न आग्रह गर्नुभयो ।
शिक्षा युवा तथा खेलकुद शाखा दंगीशरणका प्रमुख विनोद अधिकारीको अध्यक्षता, तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा अभिमुखीकरणको उद्घाटन गरिएको हो ।
विरेन्द्र माध्यमिक विद्यालय हेकुलीका प्रधानाध्यापक खिमराज खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखा दंगीशरणका प्राविधिक सहायक उमा केसीले गर्नुभएको थियो ।
