• ट्रेण्डिङ्ग :
सडकमा स्वयम्सेवक खटाउने निर्देशन कार्यान्वयन नगर्न आदेश

सडकमा स्वयम्सेवक खटाउने निर्देशन कार्यान्वयन नगर्न आदेश


  • 3.1K
    SHARES
    • जेठ २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.7K Views

    सडकमा स्वयम्सेवक खटाउने निर्देशन कार्यान्वयन नगर्न आदेश

    काठमाडौँ, २० जेठ/सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई ट्राफिक स्वयम्सेवकका रूपमा सडकमा खटाउने निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
     
    न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको उक्त निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । सडकमा ट्राफिक स्वयम्सेवक खटाउने गृहमन्त्रीको निर्देशनविरुद्ध कृष्ण विक, आकाश भट्टलगायत सातजनाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
     
    यही जेठ १५ गते गृहमन्त्री लामिछानेले सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलार्ई स्वयम्सेवकका रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।

    images


    तेस्रो आँखा