• ट्रेण्डिङ्ग :
डोटीमा जिप दुर्घटनाः दुईजनाको मृत्यु, सात घाइते

डोटीमा जिप दुर्घटनाः दुईजनाको मृत्यु, सात घाइते


  • 2.9K
    SHARES
    • जेठ २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.5K Views

    डोटीमा जिप दुर्घटनाः दुईजनाको मृत्यु, सात घाइते

    डोटी, २३ जेठ/ दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् । 

    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त जिपमा चालकसहित नौजना सवार थिए । 


    तेस्रो आँखा