एमसीसी फेब्रुअरी २८ सम्म नेपालको संसदबाट पास नभए फिर्ता हुन्छ - सुमार 

एमसीसी फेब्रुअरी २८ सम्म नेपालको संसदबाट पास नभए फिर्ता हुन्छ - सुमार 


  • 9.7K
    SHARES
    • माघ २६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.9K Views

    एमसीसी फेब्रुअरी २८ सम्म नेपालको संसदबाट पास नभए फिर्ता हुन्छ - सुमार 

    काठमाडौं, २६ माघ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने संकेत देखिएको छ । 

    images

    बुधबार साँझ भएको भर्चुअल छलफल कार्यक्रममा बोल्दै एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपालमा एमसीसी कार्यान्वयन लागि आगामी तीन हप्ता निकै महत्वपूर्ण रहेको बताएका हुन्।

    फेब्रअरी अन्तिमको समय सीमा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैं तोकेको हुनाले फेरि समय नथपिने उनको भनाइ छ । 

    उनाकाअनुसार फेब्रुअरी २८ को समय सीमा एमसीसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नलाई होइन, पास गर्नलाई दिइएको हो। हरेक समय सीमा र सम्झौताले अर्थ राख्ने भएकाले अब फेरि ढिला गर्न अर्को बहाना स्वीकार्न नसकिने उनले बताइन् । 

    एमसीसी सम्झौतामा कुनै परिवर्तन नहुने पनि उनले स्पष्ट पारिन्।

    यस्तै, एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालका लागि आफूहरूले थप  समय दिन नसक्ने बताए।

     

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • तेस्रो आँखा