• ट्रेण्डिङ्ग :
४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको याक एन्ड यतिको इजाजतपत्र रद्द

४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको याक एन्ड यतिको इजाजतपत्र रद्द


  • 8.1K
    SHARES
    • माघ २७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको  याक एन्ड यतिको  इजाजतपत्र रद्द

    काठमाडाैं,२७ माघ । सरकारले दरबारमार्गस्थित होटल याक एन्ड यतिको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयबाट करिब ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको भन्दै याक एन्ड यतिको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गरेको हो ।

    images

    पर्यटन विभागका महानिर्देशक तारा अधिकारीका अनुसार करिब ३८ करोड रुपैयाँ बक्यौता नतिरेपछि नेपालगन्जको ड्रिमल्यान्ड होटल र क्यासिनो बन्द गर्ने निर्णय पनि बुधबारै गरिएको छ ।

    पटक–पटक ताकेता गर्दा पनि सरकारलाई रोयल्टी नबुझाएपछि पर्यटनमन्त्री प्रेम आलेले बुधबार साँझ याक एन्ड यति होटल लिमिटेडको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र, नेपालगन्जको ड्रिमल्यान्ड होटल र त्यहाँ रहेको आधुनिक उपकरणबाट खेलाइने क्यासिनो बन्द गर्ने निर्णय गरेको विभागले जनाएको छ । विभागका अनुसार दुवैलाई राजस्व दाखिलाका लागि कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले ताकेता गर्दै आएको थियो । त्यसका लागि पटक–पटक सूचना जारी गरिएको थियो ।

    विभागले पछिल्लो पटक गत माघ १९ मा गोरखापत्र दैनिकमा सातदिने सूचना निकालेको थियो । विभागका अनुसार २०४८ पुस २२ मा मन्त्रालयबाट क्यासिनो सञ्चालनको इजाजत पाएको याक एन्ड यतिले २०७० यता रोयल्टी बुझाएको छैन ।

  • सम्बन्धित विषय:

  • # पर्यटन मन्त्रालय

  • तेस्रो आँखा
    लेखकबाट थप