काठमाडाैं,२७ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठकआज बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस सचिवालयले जनाएकाे छ ।
बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्था बारे छलफल हुने छ । त्यस्तै स्थानीय तह निर्वाचन तयारी, एमसीसी र पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको बताइएकाे छ ।
यसअघि बुधबार कांग्रेसका पदाधिकारीबीच म्याद गुज्रिएका भ्रातृ संस्थाको व्यवस्थापनबारे छलफल भएको थियो । प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासहितको पदाधिकारी बैठकमा भ्रातृसंस्थाको व्यवस्थापनबारे छलफल भएको हो ।
बैठकमा संस्थापन इतर समुहका नेताहरू सहित शेरबहादुर देउवा निकटका केन्द्रीय सदस्यहरूले समेत स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुँने एजेण्डा अघि सार्ने तयारीमा रहेकाे श्राेतले बतायाे ।
