स्थानीय तहको निर्वाचनमा १० लाख बढी मतदाता थपिने

स्थानीय तहको निर्वाचनमा १० लाख बढी मतदाता थपिने


  • 7.7K
    SHARES
    • माघ २७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    स्थानीय तहको निर्वाचनमा १० लाख बढी मतदाता थपिने

    काठमाडौं, २७ माघ । आगामी स्थानीय तहको निर्वाचनमा दश लाख भन्दा बढी मतदाता थपिने भएका छन्। निर्वाचन आयोगले गरेको मतदाता संकलनका क्रममा १० लाख भन्दा बढि मतदाता थपिएको आयोगले जानकारी दिएको छ।

    images

    यसअघि नेपालको कुल मतदाता संख्या एक करोड ६४ लाख थियो।

    अघिल्लो पटक  एक करोड ६४ लाख मतदाता रहेको र पछिल्लो पटक गरिएको मतदाता संकलनका क्रममा  दश लाख भन्दा बढी मतादाता थपिएको निर्वाचन आयोगका सूचना अधिकारी शालिग्राम शर्मा पौडेलले तेस्रो आँखालाई जानकारी दिए। तर यो तथ्यांकलाई रुजु गर्न बाँकी रहेको उनले बताए।

    ‘अहिले थपिएको मतदाता संख्या दशलाख हो यो तथ्यांकलाई रुजु गर्ने काम बाँकी छ’ उनले भने ‘कसैको नामावली दोहोरो परेको हुन सक्ने भएकाले यो संख्या केही कम हुन सक्छ।’

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • # स्थानीय तह

  • तेस्रो आँखा