तुलसीपुरमा श्रीमतीको हत्या गरी आर्मी जवान फरार 

तुलसीपुरमा श्रीमतीको हत्या गरी आर्मी जवान फरार 


  • 4.8K
    SHARES
    • जेठ २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 7.4K Views

    तुलसीपुरमा श्रीमतीको हत्या गरी आर्मी जवान फरार 

    तुलसीपुर २५ जेठ/तुलसीपुरमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या पछि फरार भएका छन् । सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ६ हाल तुलसीपुर उपहानगरपालिका – ६ मा कोठा भाडामा बस्दै आएका ३६ वर्षीय शालिकराम बुढाथोकीले आफ्नी श्रीमती २७ बर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरि हत्या गरेका हुन् । बुढाथोकी नेपाल आर्मीमा कार्यरत छन् ।

    images

    उनी ज्वालागण बारामा कार्यरत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । श्रीमतीको परपुरुष संग अवैध सम्बन्ध भएको शंकामा उनले हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।  शुक्रबार बिहान सवा ८ बजेको समयमा बुढाथोकीले श्रीमतिको हत्या पछि सोही खुकुरी लिएर फरार भएको हुँदा खोजी कार्य जारी रहेको प्रहरी अधिकारीहरुले बताए ।


    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान सवा ८ बजेतिर श्रीमतिको हत्या पछि आरोपित ब्यक्ति खुकुरी हातमा समाएर गएको भन्ने सूचनाका आधारमा खोजी भइ रहेको जानकारी दिए । घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।


    तेस्रो आँखा