काठमाडौं, २७ माघ। स्थानीय तहका जनप्रतिनिधिहरुको पाँच वर्षे पदावधि आगामी जेठ ५ मा सकिदै छ। यो ५ वर्षको अवधिमा स्थानीय तहहरुले के कति काम गरे ? वा कस्तो काम गरे भन्ने समिक्षा आमजनमानसले गरिरहेको छ। तर अहिले सम्मको उनीहरुको काम कारवाहीलाई स्थानीय नागरिकहरुले ‘बेकामे’ सरकारको उपमा दिईरहेका छन्।
सेवा सुविधामा पक्षपात, कच्चो विकास निर्माण गरेको, आर्थिक अनियमीतता गरेको लगाएतका आरोप जनस्तरबाट स्थानीय तहहरु माथि लाग्दै आएको छ। कच्चो विकासको एउटा दृष्टान्त हो नेपालगञ्ज उपमहानगरपालिकाको पार्क निर्माण ।
गत वैशाखमा निर्माण भएको नेपालगञ्ज १८ स्थित पार्क दुई तीन महिनामै भत्कीयो। बर्खे झरीले झण्डै १३ लाख रुपैयाँमा बनेको पार्कको पर्खाल भत्कीएपछि पार्कको स्वरुप नै कुरुप बनेको छ ।
हेरौँ भिडियो ।
