दाङमा श्रीमानको कराही प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको उपचारको क्रममा मृत्यु 

दाङमा श्रीमानको कराही प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको उपचारको क्रममा मृत्यु 


  • 3.6K
    SHARES
    • जेठ २७, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.6K Views

    दाङमा श्रीमानको कराही प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको उपचारको क्रममा मृत्यु 

    देउखुरी २७ जेठ/दाङमा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा घाइते भएकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ । दाङको गढवा गाउँपालिका वडा नं. २, पचहिया निवासी २६ वर्षीय श्रीमान रन्जित चौधरीले आफ्नै श्रीमती २१ वर्षीया श्रीमती कमला चौधरीमाथी तरकारी पकाउने कराही प्रहार गर्दा उनी घाइते भएकी थिइन् । 

    images

    गत जेठ २४ गते राती श्रीमान रन्जितको कराही प्रहारबाट गम्भीर घाइते भएकी कमलाको बुटवलको क्रमिसन हस्पिटलमा आइतबार बिहान ८ मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।

    कराही प्रहार गर्ने चौधरीलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ । 


    तेस्रो आँखा