• ट्रेण्डिङ्ग :
मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार

मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार


  • 3.0K
    SHARES
    • जेठ २७, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.6K Views

    मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार

    धनुषा, जेठ २७/मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

    images

    मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई विना विभागीय राज्यमन्त्री नियुक्त गर्नुभएको हो । यसअघि विना विभागीय राज्यमन्त्री  नियुक्त रञ्जुकुमारी मण्डल खङ्गलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी  दिइएको छ ।

    मन्त्री साह सिरहाको क्षेत्र नं ४ को (क) बाट निर्वाचित हुनुहुन्छ । उहाँहरूलाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।

    यससँगै मधेश प्रदेश मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ । यसअघि मुख्यमन्त्री सिंहले १० मन्त्री र ३ राज्य मन्त्री नियुक्त गर्नुभएको थियो ।


    तेस्रो आँखा