काठमाडौँ,कात्तिक २६ ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिप्लव माओबादीमै फर्किने बताएका छनन् । शुक्रबार अन्य पार्टीबाट माओबादी केन्द्रमा प्रवेश गरेकाहरुलाई सम्बोधन गर्दै दाहालले बिप्लव माओबादीमा फर्किने बताए । ‘ढिलो चाँडो उहाँ माओबादीमा आउनु हुन्छ,’ दाहालले भने ‘हामी एकै ठाउँमा बसेर मात्रै नेपालको क्रान्तिलाई सफल पार्न सकिन्छ ।’ साथै उनले मोहन बैद्य किरण, बाबुराम भट्राई लगाएत सबै मिलेर मात्रै मौलिक क्रान्तिकारी धारलाई अगाडी बढाउन सकिने बताए । उनले माओबादी क्रान्ति सफल पार्न सबै फेरी एक ठाउँमा हुनै पर्ने समेत बताए ।
