वैवाहिक बलात्कार मुद्दामा पूर्वन्यायाधीश गिरीलाई सातवर्ष कैद

वैवाहिक बलात्कार मुद्दामा पूर्वन्यायाधीश गिरीलाई सातवर्ष कैद


  • 3.1K
    SHARES
    • जेठ २९, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.7K Views

    वैवाहिक बलात्कार मुद्दामा पूर्वन्यायाधीश गिरीलाई सातवर्ष कैद

    काठमाडौँ, २९ जेठ । काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
     
    न्यायाधीश दुर्गा भुसालको इजलासले आज पूर्वजिल्ला न्यायाधीश गिरीलाई जबरजस्ती करणीमा मुद्दामा सात वर्र्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको हो । 
         
    यसअघि सोही अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले यही जेठ १३ गते पूर्वन्यायाधीश गिरीलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो । आज अदालतले सजाय र क्षतिपूर्ति निर्धारण गरेको हो ।
     
    कपिलवस्तु जिल्ला अदालतमा कार्यरत हुँदा निजविरुद्ध प्रहरीमा जाहेरी परेपछि  निलम्बन गरी उनलाई थुनामा राखिएको थियो ।

    images


    तेस्रो आँखा