विद्यालयस्तरमा विश्व योग दिवस मनाइने

विद्यालयस्तरमा विश्व योग दिवस मनाइने


  • 2.7K
    SHARES
    • जेठ ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.2K Views

    विद्यालयस्तरमा विश्व योग दिवस मनाइने

    काठमाडौँ, ३० जेठ । नेपाल सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको छ । 

    images

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षता आज बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग’ नाराका साथ विद्यालयस्तरमा दिवस मनाउने निर्णय गरेको हो । 

    बैठकले प्रदेश र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गरिनुका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।


    तेस्रो आँखा