• ट्रेण्डिङ्ग :
इरम फुटवेयर जुत्ता चप्पल पसलमा भीषण आगलागी ५ काे मृत्यु

इरम फुटवेयर जुत्ता चप्पल पसलमा भीषण आगलागी ५ काे मृत्यु


  • 9.7K
    SHARES
    • माघ २८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.9K Views

    इरम फुटवेयर जुत्ता चप्पल पसलमा भीषण आगलागी ५ काे मृत्यु

    काठमाडाैं,२८ माघ । तुलसीपुर उपमहानगरपालिका–५ ङ लाइनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा भीषण आगलागी भएको छ । आगलागीमा पाँच जनाको घरभित्रै फसेर मृत्यु भएको छ ।

    images

    राति करिब पौने दुई बजेदेखि लागेको आगो बिहानसम्म पनि नियन्त्रणमा नआएपछि भित्र फसेकालाई उद्धार गर्न कठिन भएको थियो । उनीहरुलाई बिहान बेहोस् अवस्थामा फेला पारी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको र सबैको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनीहरुको विस्तृत विवरण थाहा हुन नसकेको उनले बताए ।

    तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयले आगो निभाउन रातभर प्रयास गरेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अर्यालले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप