• ट्रेण्डिङ्ग :
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजनाः आज प्रधानमन्त्रीद्वारा हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजनाः आज प्रधानमन्त्रीद्वारा हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै


  • 3.8K
    SHARES
    • जेठ ३२, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.9K Views

    हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजनाः आज प्रधानमन्त्रीद्वारा हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै

    वाग्मती, ३२ जेठ । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं  विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ ।

    images

    हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित हेटौँडा सबस्टेसनको आज यहाँ आयोजना हुने विशेष कार्यक्रममा उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिनुभयो ।


    तेस्रो आँखा