फागुन पहिलो हप्ता कमल थापाले नयाँ पार्टी खोल्ने  

फागुन पहिलो हप्ता कमल थापाले नयाँ पार्टी खोल्ने  


  • 10.1K
    SHARES
    • माघ २८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.5K Views

    फागुन पहिलो हप्ता कमल थापाले नयाँ पार्टी खोल्ने  

    काठमाडाैं,२८ माघ । दुई दिनअघि राप्रपा परित्याग गरेका राप्रपाका पूर्व अध्यक्ष कमल थापाले नयाँ पार्टी खोल्ने अन्तिम तयारी गरिरहेका छन् । उनले दर्ता गर्ने नयाँ पार्टीको नामका विषयमा छलफल भैरहेको थापा निकट नेता राजाराम बर्तौलाले तेस्रो आँखालाई जानकारी दिए । शुक्रबार धुम्बाराहिमा पार्टी गठनकै विषयमा छलफल भैरहेको उनले बताए ।

    images

    पार्टीको नाम ‘राष्ट्रिय एकता पार्टी’ राख्ने विषयमा बढी छलफल भएको बर्तौलाको भनाइ छ । बिहीबार महाराजगञ्जमा बसेको बैठकबाट थापाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेका थिए । बैठकले पार्टी दर्ता अधिकार थापालाई नै दिएको बर्तौलाले बताए। छलफलमा थापा र हालको राप्रपा कार्यसमितिबाहिर रहेका तीन दर्जन नेता सहभागी भएको बर्तौलाले जानकारी दिए ।

    उनले तेस्रो आँखासँग भने, ‘हिन्दुत्व, सुशासन र समृद्धिको मूल एजेन्डा राखेर नयाँ पार्टी गठन गर्ने निर्णय अनुसार अन्तिम तयारीमा हुँदैछ,’ उनले थपे,‘फागुनको पहिलो साता नयाँ पार्टी दर्ता प्रकृयामा जादै छौं ।’ अहिले भैरहेको बैठकमा विभिन्न नाम प्रस्ताव भएको भन्दै बर्तौलाले भने, ‘त्यसमध्ये राष्ट्रिय एकता पार्टीमा लगभग सहमति जुटेको छ,।’ ३१ वर्ष राप्रपाको नेतृत्वमा रहेका थापा मंसिरमा सम्पन्न एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए ।

    आफू पराजित हुनुमा थापाले निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको हस्तक्षप रहेको भन्दै छानबिन गर्न माग गरिरहेका थिए । निर्वाचित अध्यक्ष लिङ्देनलाई थापाले दुई पटक चिठी लेखेर छानबिन गर्न माग गरेपनि लिङ्देनको बेवास्थाका कारण पार्टी छाड्नु पर्ने अवस्था आएको पनि बर्ताैलाले बताए । थापाले नयाँ पार्टी खोल्ने विषयमा राप्रपाभित्रको खटपट सुरु भएसँगै आफू निकटस्तहरुसँग छलफल चलाउदै आएको चर्चा पहिलेनै बाहिर आएको थियो । 

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • तेस्रो आँखा
    लेखकबाट थप