लोकसेवा आयोगले लिएको परिक्षा फल चाडो प्रकाशन र बाँकी परिक्ष सूचारुको माग गर्दै परिक्षर्थीहरुले आयोगको ध्यानाकर्षण गरेका छन् । परिक्षार्थीहरुले कमल पोखरीस्थित आयोगको कार्यालय अगाडि प्लेकार्ड सहित धर्ना दिएका हुन् ।
परिक्षार्थीहरुले तत्काल आयोगले परिक्षा फल प्रकाशन गर्न र बाँकी भएका परिक्षाहरु यथासिघ्र सञ्चालन गर्न माग गरे । स्थगित गरिएका विज्ञापनहरुको परिक्षाफल प्रकाशन गर्न सर्वोच्च अदालतबाट भएको आदेश पालना गर्नु पर्ने उनीहरुको माग छ ।
कहिले कोरोना भाइरसका नाममा त कहिले आयोगका पदाधिकारी रिक्त रहेको भन्दै लोक सेवा आयोगले विज्ञापन गरेको खरिदार,नायव सुब्बा तथा अधिकृतको परिक्षा रोकेको थियो । आयोगले परिक्षा लिइसकेका परिक्षाहरुको समेत परिक्षाफल लामो समयदेखि प्रकाशन गरेको छैन् ।
यही विषयमा आयोगको ध्यानाकर्षण गर्न सर्वोच्च अदालतले परिक्षाफल प्रकाशन गर्न जारी गरेको परमादेशको प्रतिलिपी लिएर परिक्षर्थीहरु कमल पोखरी स्थित लोकसेवा आयोगको मुख्यालयमा पुगेका हुन् ।
आयोगले रोकेको परिक्षा सूचारु गर्नुपर्ने तथा परिक्षाफल प्रकाशन गर्नुपर्ने विद्यार्थीहरुको मागका सन्दर्भमा सम्मानीत सर्वोच्च अदालतको निर्णय कार्यन्वायन गर्दै आएको लोकसेवा आयोगका प्रवक्ता तोयानाथ सुवेदीले बताए उनि भन्छन,‘अदालतमा अझै धेरै मुद्धाहरु बाँकी नै रहेका छन्, विद्यार्थीहरुको समस्या चाडै समाधानका लागि कानुनविदहरुसँग समेत कानुनी परामर्श गरिरहेका छौं ।’
