• ट्रेण्डिङ्ग :
एमालेले महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्दै

एमालेले महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्दै


  • 5.9K
    SHARES
    • कार्तिक २७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    एमालेले महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्दै

    काठमाडौँ,कात्तिक २७ । 
    नेकपा (एमाले)ले १०औैँ राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्ने भएको छ । चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि आज एकैदिन देशभरबाट एक हजार ९ सय ९९ जनाप्रतिनिधि चयन गर्न लागिएको एमालेले जनाएको छ । कतिपय स्थानमा भने सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन् । तर महासचिव इश्वर पोखरेलले महाधिवेशन प्रतिनिधि अझै बढ्न सक्ने बताए । यसअघि कात्तिक १२ को केन्द्रीय कमिटी बैठकले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि रहने निर्णय गरेकोमा हिजो आयोजित एक कार्यक्रममा पोखरेलले प्रतिनिधि बढ्नसक्ने सङ्केत गरेका हुन् ।

    images

    उनका अनुसार महाधिवेशनमा एमालेका तीन प्रकारका प्रतिनिधि हुनेछन् । पदेन प्रतिनिधि जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकायबाट स्वतः आउनेछन् । भौगोलिक क्षेत्र, जनवर्गीय सङ्गठनबाट निर्वाचित प्रतिनिधि आउनेछन् । पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी निर्वाचित हुनेछन् । ४५ स्थायी समिति सदस्यसहित २ सय २५ जनाको केन्द्रीय कमिटी रहने व्यवस्था नयाँ विधानमा छ । यो महाधिवेशनमा अध्यक्षसहित पदाधिकारी मात्रै होइन केन्द्रीय सदस्यसमेत सहमतिमै चयन गर्ने तयारी नेतृत्वले गरिरहेको छ । 


    तेस्रो आँखा