• ट्रेण्डिङ्ग :
आइतबारबाट सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने

आइतबारबाट सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने


  • 8.3K
    SHARES
    • माघ २९, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    आइतबारबाट सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने

    काठमाडौं, २९ माघ । सर्वोच्च अदालतले भोलीदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ। गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले फागुन १ देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो।

    images

    गत  बिहीबार बसेको पूर्ण बैठकले आगामी १ फागुनवाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक पक्षलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन्। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढे पछि अदालतले गत ५ माघवाट सेवा संकुचन गराउँदै आएको थियो।

    गत ४ माघ देखी २९ माघसम्मको अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभुत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गरेर अन्य सेवा बन्द गरेको अदालत आइतवारवाट भने नियमित सेवामा जानेछ।

    सर्वोच्चकाअनुसार झन्डै एक महिनाको सेवा संकुचनको यस अबधीमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्दामाथी कारवाही र  सुनवाइलाई भने निरन्तरता दिईएको थियो ।

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत

  • तेस्रो आँखा