• ट्रेण्डिङ्ग :
झापाको चाउचाउ उद्योगमा आगलागी हुँदा अर्ब बढीको क्षति

झापाको चाउचाउ उद्योगमा आगलागी हुँदा अर्ब बढीको क्षति


  • 8.5K
    SHARES
    • माघ २९, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    झापाको चाउचाउ उद्योगमा आगलागी हुँदा अर्ब बढीको क्षति

    काठमाडौं, २९, माघ । चिज बल्स र चाउचाउ उत्पादन गर्दै आएको झापाको थाई फुड्स उद्योगमा आगलागी भएको छ। 

    images

    आगलागी हुँदा उद्योग परिसरमा रहेको ९० प्रतिशत सम्पत्ति जलेर नष्ट भएको छ । जिल्लाको मेची नगरपालिका ढुवागढीमा रहेको उद्योगमा शनिबार बिहान ४ बजेदेखि आगलागी भएको हो।

    हालसम्म आगो निभाउन १३ वटा दमकल प्रयोग गरिएको छ। ती दमकलले निरन्तर प्रयास गर्दा बल्लतल्ल आगो नियन्त्रणमा आएको बताइएको छ।

    उद्योग परिसरमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा भवन मात्र बचेको छ। बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएको बताइएकाे छ। 

    कारखानामा रहेका संरचना नष्ट हुँदा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। 


    तेस्रो आँखा