मेट्रो कलेजमा योग दिवस मनाइयो

मेट्रो कलेजमा योग दिवस मनाइयो


  • 3.8K
    SHARES
    • आषाढ ७, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.9K Views

    मेट्रो कलेजमा योग दिवस मनाइयो

    तुलसीपुर, ७ असार । विश्व योग दिवसका अवसरमा तुलसीपुर मेट्रो कलेजमा योग दिवस मनाइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र आर्ट अफ लिभिङको समन्वयमा दिवस मनाइएको हो ।

    images

    सो असरमा विद्यार्थीहरुलाई विभिन्न योगासनका साथै योगको महत्वका बारेमा जानकारी गराइएको थियो । योग प्रशिक्षक एवम् स्वास्थ्यकर्मी विमल केसीले प्रशिक्षण दिएका थिए । उनले खाने बानीले मानिसको स्वास्थ्यमा गम्भिर प्रभाव पार्ने बताउँदै नियमित योगले मानिस शारीरिक र मानिसकरुपमा स्वस्थ हुने उनको भनाई थियो ।

    तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले योग मानव जीवनका लागि अपरिहार्य कुरा भएको बताउँदै विद्यार्थीहरुलाई नियमित योग गर्नका लागि प्रेरित गरेका थिए ।

    कलेजमा डिप्लोमा तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


    तेस्रो आँखा