• ट्रेण्डिङ्ग :
महाकाली बगेर मजदुर बेपत्ता

महाकाली बगेर मजदुर बेपत्ता


  • 3.1K
    SHARES
    • आषाढ १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.8K Views

    महाकाली बगेर मजदुर बेपत्ता

    कञ्चनपुर, १६ असार/ कञ्चनपुरमा  महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् ।

    images

    महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका हुन् ।

    बेपत्ता गुरुङको खोजी गर्न प्रहरीले गोताखोर टोली परिचालन गरेको छ । उनी कम्पनीमै कार्यरत अन्य मजदुरसँग माछा मार्न महाकाली गएका थिए । वर्षाका कारण महाकाली नदीमा पानी बहाव बढेकाले खोजबिन गर्न प्रहरीलाई समस्या भएको छ । 


    तेस्रो आँखा