माओवादी जनयुद्ध दिवस (अन्तर्वार्ता)
खिमा रिजालको सम्झनामा जनयुद्ध (भिडियोसहित)

खिमा रिजालको सम्झनामा जनयुद्ध (भिडियोसहित)


  • 14.4K
    SHARES
    • फाल्गुण १, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 22.1K Views

    खिमा रिजालको सम्झनामा जनयुद्ध (भिडियोसहित)

    काठमाडौं, १ फागुन । नेकपा माओवादीले २७औँ जनयुद्ध दिवस मनाएको छ। तत्कालीन माओवादीको जनयुद्धका बेला परिवार गुमाएकाहरु धेरै छन्।

    images

    माओवादीमा लामो समय बिताएकी खिमा रिजालले भने अझै पनि सरकारी पक्षबाट भएको ज्यादति बिर्सिन सकेकी छैनन्। ‘२०६० सालमा रुपन्देहीको परुवा गाविस वडानं. ९ सेउवा भन्ने ठाउँमा सरकारी पक्षले आफ्ना श्रीमानको विभत्स हत्या भएको थियो।’ रिजालले भनिन्, ‘सरकारी पक्षबाट गएको टोलिले गोली हानेर हत्या मात्र गरेन विभत्स हत्या नै गरेको थियो।’

    आफू पनि बुटवलमै भएकी उनले उक्त घटनाको विवरण पार्टीले औपचारिक जानकारी दिनु पूर्व नै थाहा पाइसकेकी थिइन्। ‘हामी जनयुद्धमा औपचारिक होमिनु भन्दा पहिला नै प्रहरीले धेरै दुःख दिएको थियो।’ खिमाले भनिन्, ‘सल्लाह गरेर नै मुक्ति अथवा मृत्युको कसम खाएर गएका थियौं। पीडा आफ्नो ठाउँमा छ। तर, तत्कालीन सरकारपक्षबाट भएको ज्यादतिले अहिलेसम्म पनि झस्काइरहन्छ।’

    विभत्स तरिकाले हत्या गरे पनि सरकारी पक्षले लास समेत वेपत्ता बनाएको रिजालको भनाइ छ। मनोविमर्श कर्ताको रुपमा काम गरिरहेकी रिजालले जनयुद्धले गर्दा सबैले समाजमा अवसर पाएको बताएकी छन्। उनले भनिन्, ‘हामीले जुन सपना देखेर जनयुद्धमा होमिएका थियौं। कति पुरा भए नेतृत्व पक्षले मूल्याङ्कन गर्ने विषय हो। तर, अहिले समाजमा भइरहेको महिला सहभागिता, सिमान्तकृत वर्गको आवाज, शोषित, पीडितहरुका आवाज, पिछडिएको वर्ग, क्षेत्रका आवाजहरु जति बुलन्द्ध भएका छन्। ती यति चाँडै सम्भव थिएन।’

     

  • सम्बन्धित विषय:

  • # जनयुद्ध दिवस
  • # खिमा रिजाल
  • # तेस्राे आँखा

  • तेस्रो आँखा