पोखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा डुबेर दुई बालकको मृत्यु


  • 4.3K
    SHARES
    • आषाढ १८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 6.6K Views

    पोखरीमा डुबेर दुई बालकको मृत्यु

    सिरहा, १८ असार । सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उहाँका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल रहेका छन् ।   

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिनुभयो । 

    मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे  थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिनुभयो । 


    तेस्रो आँखा