माओवादी जनयुद्ध दिवस
एमालेको काेखीलामा जनयुद्धका कमाण्डरहरु 

एमालेको काेखीलामा जनयुद्धका कमाण्डरहरु 


  • 17.1K
    SHARES
    • फाल्गुण १, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 26.3K Views

    एमालेको काेखीलामा जनयुद्धका कमाण्डरहरु 

    काठमाडौं, १ फागुन । तत्कालीन विद्रोही नेकपा माओवादीले संसदीय राजनीतिको मुल धारमा रहेको नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा (एमाले) लाई प्रमुख दुस्मन ठान्थ्यो। एमालेले पनि माओवादीलाइ त्यही रुपमा हेर्ने गथ्र्यो। प्रत्येक राजनीतिक कार्यक्रममा एमालेका नेताहरुले माओवादीलाई आतंककारी भन्न छाडेन्न ।

    images

    माओवादीले कम्युनिष्ट इतर विचारधारा बोक्नेहरुलाई त वर्ग सत्रुकै रुपमा लिन्थ्यो नै, एमाले नेता कार्यकर्तादेखि विचारमा आस्तावान शिक्षक, कर्मचारी, बुद्धिजिवी कसैलाई यातना दिन बाँकी राखेन। द्वन्द्वका समयमा हजारौँ कुटिए, लुटीए र मारिए। त्यसमा एमाले समर्थित कार्यकर्ताहरु नै धेरै परेका छन्। उनीहरु एक अर्कोलाई प्रमुख दुस्मनकै रुपमा लिन्थे। राजनीतिक चर्खा घुम्दै गयो। एक अर्कोलाई सत्रु ठान्नेहरु अहिले नेपाली राजनीतिमा सहयात्री मात्रै बनेनन्, उनीहरुले सत्ता सम्झौतासँग राजनीतिक विचार र एजेण्डासमेत साटासाट गरे। तत्कालीन समयमा माओवादीको तरो बनेको एमालेको खोकीलामा अहिले धेरै माओवादी नेताहरु समाहित भएका छन् । 

    एमाले आफैले पनि आतंककारिको सूचिमा दर्ज गरेका तीनै माओवादी कमाण्डरहरुलाई पार्टीमा भित्र्याएर दुखमा पार्टी बचाउनेहरुलाई बाहिर निकालेको छ।  एमालेकै भाषामा भन्ने हो भने पार्टीमा तत्कालिन आततायीहरु भित्र्याएर पार्टी निर्माणको अभियानमा जिवनभर लागेका नेताहरु बाहिर राख्नुलाई एमालेले असहज मानेको छैन्। द्वन्द्वको घाउमा मल्हम लागिसकेको छैन। द्वन्द्व पीडितका पिडाहरु उस्तै छन्। तर सत्तासँग सम्झौता गरेर एमाको खोकीलामा बस्ने माओवादी कमाण्डरहरुलाई त अलिकति पनि लाज लागेको छैन् नै एमालेले गहन जिम्मेवारीका साथ युद्धर्मोचाका कमाण्डरहरुलाई पार्टीमा पदार्पण गर्दा कार्यकर्ताहरु समेत चुपचाप छन् ।

    के उनीहरुलाई लागेको घाउ निकाे भयो त ? यो प्रश्न आम नागरिकले गरिरहेका छन्। ‘माओवादी हत्याराहरुले हजारौँ एमाले समर्थकको हत्या गरेको’ भनेर वियोगान्त भाषण सुनाउने एमालेले आज ती नै माओवादी कमाण्डरलाई पार्टीमा भित्र्याउँदा चुप बस्ने एमाले कार्याकर्ताहरुबाट नागरिकले के अपेक्षा गर्ने? जनयुद्धका कमाण्डरहरुलाई एमाले नेता मानेर भोट माग्न लामबद्ध हुनुपर्दा जनताले कसरी हेर्ने ? ती शहिद वेपत्ता र घाइते परिवारहरुले कति धिक्कारलान्, एमाले कार्यकर्ताहरुलाई यो गम्भीर प्रश्न हुन सक्छ।   

    एमालेलाई तीनै हत्यारा भनिएकाहरुलाई खोकीलामा राख्न पाउँदा कुनै अप्ठयरो महसुस भएको छैन्। एमाले ओखलढुंगाका, उज्वन श्रेष्ठ, छवि कार्की, नेपाल शिक्षक संगठन ओखलढुंगाका नेता गुरु लुइटेल लगायत दर्जन नेताहरुको हत्या गरिएको आरोप लागेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल अहिले नेकपा एमालेमा समाहित भए। नेकपा फुटेर एमाले माओवादी केन्द्र अलग हुँदा उनी एमालेमै बसेका हुन्। ढुंगेललाई उज्वन हत्या काण्डका मूख्य योजनाकार भएको अभियोगमा परेको मुद्दा परेको थियो।

    मओवादी सशस्त्र द्वन्द्वमा प्रचण्डको निकट रहेर विभिन्न ठाउँमा भएका युद्धको कमाण्ड गरेका ढुंगेललाई सर्वोच्च अदालतले आजिवन कारावासको सजाए सुनाएको थियो। ढुंगेलले उक्त मुद्दाको सजाय भुक्तान त गरे होला तर ती मारिएका परिवार र उनका आत्माले माफि देलान की दिदैनन् त्यो पनि एउटा बहसको विषय बन्ने होला। सँगै एमालेमा भित्रिएका ढुंगेलसहित रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, मणी थापालगायत केन्द्र, प्रदेश र स्थानीय तह स्तरिय नेताहरु (युद्धमोर्चामा साना ठुला कमाण्ड गरेका) कमाण्डरलाई एमाले कार्यकर्ताले फेरी भोट माग्दै जनतामाझ पुग्न लाज मान्छन कि मान्दैनन त्यो पनि हेर्न बाँकी नै छ। एमालेको खोकीलामै बस्न रुचाउने सशस्त्र द्धन्द्धका कमाण्डर र न्यानो मायाका साथ खोकीलामा राख्न सरम नमानेको एमालेको सहयात्रा कहिले भंग हुनेहो यसै भन्न सकिदैन् ।


    पदम भुजेल
    लेखकबाट थप