ब्यवसायी अग्रवालमाथि आक्रमण ,उद्योग वाणिज्य महासंद्वारा कार्बाहिकाे माग  

ब्यवसायी अग्रवालमाथि आक्रमण ,उद्योग वाणिज्य महासंद्वारा कार्बाहिकाे माग  


  • 10.5K
    SHARES
    • फाल्गुण १, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 16.2K Views

    ब्यवसायी अग्रवालमाथि आक्रमण ,उद्योग वाणिज्य महासंद्वारा कार्बाहिकाे  माग  

    विराटनगर,१ फागुन । विराटनगरमा रहेर चिनी र खाद्यान्नको  व्यवसाय गर्दै आएका श्रवण अग्रवालमाथि आक्रमण भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी सदस्य एवम् विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि साङ्घातिक आक्रमण भएको हो । 

    images

    विराटनगरको शनिहाट उत्तर सडकको एक पान पसलमा पान खाइरहेका बेला उद्योगी अग्रवालमाथि आक्रमण भएको थियो । उनको मुखभित्र चोट लागेको छ । चोटका कारण अग्रवाललाई ८ वटा टाँका लागेका छन्।

    अग्रवाललाई आक्रमण गर्ने विराटनगर –२ निवासी ४० वर्षीय पवन शर्मा रहेका छन् । आक्रमण गर्ने विरुद्ध परिवारले ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेका छन ।  आक्रमणपछि उनी फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

    श्रवणका भाइ राजु अग्रवालले शर्मालाई ज्यान मार्ने उद्योगमा कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा लिखित किटानी जाहेर दिएका छन्।
    घटनाप्रति नेउवा महासङ्घ प्रदेश नम्बर १ समितिले विज्ञप्ती जारी गर्दै निन्दा गरेको छ ।

    अध्यक्ष टीकाराज ढकालले आफ्नो कार्यसमितिका सदस्य एवम् एक सक्रिय उद्योगीउपर दिन दहाडै गरिएको साङ्घातिक हमला निन्दनीय र दण्डनीय भएको विज्ञप्तीमा उल्लेख गरेका छन् । आक्रमण गर्नेलाई अविलम्ब कानुनी कारबाहीमा ल्याउन माग गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # श्रवण अग्रवाल

  • धिरज दाहाल
    लेखकबाट थप