पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

पोखरीमा डुबेर तीन बालिकाको मृत्यु


  • 2.9K
    SHARES
    • आषाढ २०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.4K Views

    पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

    धनुषा, २० असार । धनुषामा पोखरीमा डुबेर आज तीन बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो । 

    images

    दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिनुभयो । मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् । 

    बालिकाहरु पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरेका थिए । तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा