• ट्रेण्डिङ्ग :
नारायणी नदीको जलसतह खतराको बिन्दुमाथि

नारायणी नदीको जलसतह खतराको बिन्दुमाथि


  • 3.0K
    SHARES
    • आषाढ २२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.6K Views

    नारायणी नदीको जलसतह खतराको बिन्दुमाथि

    चितवन, २२ असार/निरन्तरको वर्षापछि नारायणी नदीले खतराको बिन्दु पार गरेको छ । देवघाटमा आज दिउँसो ४ः४५ मा जलसतह नौ दशमलव आठ मिटर मापन गरिएको छ । सात मिटर कटेपछि चेतावनी र नौ मिटर कटेसँगै खतराको तह मानिन्छ ।
     
    बाढी पूर्वानुमान शाखा प्रमुख सुनिल पोखरेलका अनुसार आज दिउँसोबाट नारायणी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइलमा सन्देश पठाइएको छ । एक लाख हाराहारीलाई सतर्क रहन सन्देश पठाइएको पोखरेलले जानकारी दिनुभयो । “निरन्तर वर्षा भइरहेको छ । नदीको जलसतहले दिउँसै खतराको तह पार गरिसकेको छ । त्यसकारण नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गर्दछौँ”, पोखरेलले भन्नुभयो । 

    images


    तेस्रो आँखा