• ट्रेण्डिङ्ग :
कल्भर्ट भत्किदा राजमार्ग अवरुद्ध

कल्भर्ट भत्किदा राजमार्ग अवरुद्ध


  • 3.5K
    SHARES
    • आषाढ २४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.3K Views

    कल्भर्ट भत्किदा राजमार्ग अवरुद्ध

    महेन्द्रनगर २४ असार/ लगातारको अविरल वर्षाले कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा पूर्वपश्चिम राजमार्गको कलभर्ट भत्किएको छ। कलभर्ट भत्किँदा राजमार्गमा सवारी साधनको आवात जावत बन्द भएको छ । खोलामा आएको बाढीले सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुडाचोक नजिक पर्ने कल्भर्ड भत्किएको हो ।

    images

    कलभर्ट भत्किएपछि महेन्द्र राजमार्गको सुडाचोक भएर आवातजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यात्रुहरु वैकल्पिक बाटोको प्रयोग गरेर ओहोरदोहोर गर्न बाध्य छन् । कल्भर्ट भत्किएपछि अवरुद्ध राजमार्गको बैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    यस्तै जिल्लाको दक्षिणी क्षेत्रमा वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी – पुनर्वास र धनगढी बिच आवतजावत बन्द भएको छ ।


    तेस्रो आँखा