काठमाडाैं,२ फागुन । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य चम्पा कार्कीले नेपालमा अझै शान्ति प्रकृयाको टुंगो लागि नसकेको बताएकी छन् । जनयुद्ध दिवशको विशेष कार्यक्रममा तेस्रो आँखा टिभीमा अन्र्तवार्ताका क्रममा उनले शान्ति प्रकृयाका धेरै कामहरु अझै बाँकी रहेको बताएकी हुन् ।
जयुद्धका क्रममा भएका घटनालाई सम्झदै नेता कार्कीले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी शान्ति प्रकृयाका बाँकी काम गर्ने जिम्म दिएपनि उक्त आयोगले काम नगरेको बताइन् । जनयुद्धको जगबाट आएको माओवादीको शान्ति प्रकृयामा आइपुग्दा कार्यनिति परिवर्तन गरेपनि रणनीति उही रहेको समेत बताइन् ।
उनीसँग गरिएको कुराकानीको विस्तृत कुराकानीकाे भिडियो यहाँ प्रस्तुत गरिएकाे छ ।
