एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ

एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ


  • 5.9K
    SHARES
    • आषाढ २६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 9.1K Views

    एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ

    काठमाडौँ, २६ असार/ माछापुच्छ«े बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा  दुईजना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ«े बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई आज बिहान पक्राउ गरिएको राससलाई जानकारी दिनुभयो ।


    तेस्रो आँखा