• ट्रेण्डिङ्ग :
ढुङ्गा लागेर चालकको मृत्यु

ढुङ्गा लागेर चालकको मृत्यु


  • 3.8K
    SHARES
    • आषाढ २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.8K Views

    ढुङ्गा लागेर चालकको मृत्यु

    चितवन, २८ असार । भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुङ्गाले लागेको थियो । आज बिहान दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनापछि बसमा सवार यात्रु अलपत्र परेका छन् ।


    तेस्रो आँखा