आजकाे तपाईंको राशिफल

आजकाे तपाईंको राशिफल


  • 9.0K
    SHARES
    • फाल्गुण ३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    आजकाे तपाईंको राशिफल

    काठमाडौं, ३ फागुन । ३, फागुन २०७८, मंगलबार । तद्नुसार फेब्रुवरी १५ तारिक २०२२ । माघशुक्लपक्ष चतुर्दशी (श्री पशुपतिनाथमा छायाँ दर्शन गर्ने दिन) आज पशुपतिनाथमा मध्यान्ह नित्यपूजा गरिसकेपछि छायाँ दर्शन हुने गर्दछ । आज विहान सूर्योदय ६ः४३ मा हुनेछ भने १७ः५४ मा सूर्यास्त हुनेछ । आज तिष्य नक्षत्र, सौभाग्य योग, चन्द्रमा कर्कट राशिमा रहेको छ ।

    images

    आजको राशिफल 

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातका लागि मंगलवारको दिन मनमा प्रसन्नता छाउनेछ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने र आर्थिक व्याय हुने देखिन्छ । 

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अध्ययन अध्यापनमा रुचि  र मनमा खुसी छाउने छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ। कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दान गर्नुभयो भने तपाईको मनमा प्रसन्नता छाउने छ ।  

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशि भएका जातकले आजको दिन मौन बस्नु ठीक होला । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने गर्नुहोला । 

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंका लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । चन्द्रमाको साथ रहेको छ त्यसैले आजको दिन तपाईको सोचअनुसार काम हुनेछ । 

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईंले घरपरिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । आफन्तजनसँग भैरभाव हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु नै शुभ हुनेछ ।  

    कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ ।  मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । आजको दिन तपाईंले केही कन्याहरुलाई फलफूल उपहार दिनुभयो भने मनमा प्रशन्नता छाउनेछ ।

    तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) : समय अनुकुल देखिएको छ । चन्द्रमाको साथ रहेकाले आजको दिन तपाईको सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आज विहान सूर्योदयको दर्शन गरेर काम गर्दा दिन सफल हुनेछ । आर्थिक लाभ र मानसम्मान समेत प्राप्त हुनेछ योग रहेको छ । 

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारव्यवसायबाट लाभ हुने देखिन्छ । घरबाट बाहिर निस्कदा जेष्ठ  र श्रेष्ठ व्यक्तिलाई जानकारी दिएर मात्र  काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । 

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आज तपाईंले गरिरहनु भएको काममा सफलता मिल्नेछ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । कुमारी कन्यालाई भोजन र बस्त्र दिनु उत्तम हुनेछ ।  

    मकर भो (जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । 

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । 

    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग सम्बन्ध विस्तार हुनेछ । मीन राशिका जातकले मंगलबार कुनै नयाँ काम शुरु गर्दा सफलता मिल्नेछ । आजको दिन नियमित कार्यबाट नयाँ कामको शुरुवात नगर्नु उत्तम हुनेछ ।


    तेस्रो आँखा