आज यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

आज यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना


  • 9.7K
    SHARES
    • फाल्गुण ३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.9K Views

    आज यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौं, ३ फागुन । कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही भूभागमा हुस्सु लागेको छ । 

    images

    दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू९भागका थोरै स्थानमा हल्का हिमपातको आँकलन पनि गरिएको छ ।

     


    तेस्रो आँखा