• ट्रेण्डिङ्ग :
सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो


  • 10.3K
    SHARES
    • आषाढ ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 15.8K Views

    सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो

    चितवन, ३० असार/गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । 

    images

    प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार  सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये  दुईजनाको परिचय खुल्न बाँकी छ ।

    काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।  गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।


    तेस्रो आँखा