त्रिभुवन विश्वविद्यालय सभा स्थगित

त्रिभुवन विश्वविद्यालय सभा स्थगित


  • 4.2K
    SHARES
    • आषाढ ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.4K Views

    त्रिभुवन विश्वविद्यालय सभा स्थगित

    काठमाडौँ, ३० असार/सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिनुभयो । 

    images

    यही असार ३१ गते सोमबार त्रिविसभाको बैठक डाकिएको थियो । उक्त सभाका लागि प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत नपाइसकेको अवस्थामा स्वतः पदमुक्त भएपछि र नयाँ प्रधानमन्त्री नियुक्त भइनसकेको अवस्थामा सभा गर्न समस्या भएको हो । 

    यसअघि त्रिविका कुलपति एवम् प्रधानमन्त्रीले त्रिविसभा असार ३१ गते गर्ने निर्णय गर्नुभएको थियो ।


    तेस्रो आँखा