काठमाडाैं,३ फागुन । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता नेपालको हितमा रहेको भन्दै त्यसलाई पास गर्नुको विकल्प नरहेको बताएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा मंगलबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेको र त्यसलाई पास गर्नुको विकल्प नरहेको बिफ्रिङ गरेका थिए ।
बैठकबाट बाहिरिने क्रममा सांसद शशांक कोइरालाले प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्छ भनेर बिफ्रिङ गरेको र बैठकमा त्यही विषयमा छलफल भएको जानकारी दिए । एमसीसी पास गराउने विषयमा कांग्रेसभित्र एक मत देखिएकाे छ ।
