तुलसीपुर ३१ असार/ गुरुकुल एकेडेमी तुलसीपुरमा विद्यार्थीहरुलाई सर्प सम्बन्धिका कुराहरुबारे जानकारी दिइएको छ । विद्यार्थीहरुलाई सर्प उद्धारकर्ता प्रभात भन्डारीले सर्पबारे बिभिन्न कुराहरुको बारेमा जानकारी गराएा थिए ।
बिशेषगरी गर्मी समयमा सर्पहरु बाहिर निस्कने र बालबालिका तथा वृद्धवृद्धाहरुमा निकै जोखिम हुने भएकाले त्यो जोखिम समयमा सतर्कता अपनाउन र त्यो जोखिमलाई न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरीएको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । कार्यक्रममा गुरुकुलका विद्यार्थिहरुलाई नेपालमा पाईने बिभिन्न बिषालु र अबिषालु सर्पहरुको कसरी पहिचान गर्ने र सतर्कता अपनाउने भन्ने बारेमा भन्डारीले जानकारी गराएका थिए ।
साथै उनले सर्पले टोकेपछि धेरै जसो मानिसहरु धामि झाक्रिकँहा जाने जसले गर्दा मृत्यु सम्म हुने गरेका घटनाहरुलाई आफ्नो फोटो भिडियो देखाउदै यो परम्परागत कुराहरुलाई चिर्दै सर्पले टोकेमा तुरुन्तै अस्पतालमा जानुपर्ने बताए । सर्पले टोकेपछिको उपचार अस्पतालमा हुने भन्दै धामि झाक्रिमा नलाग्न पनि उनले आग्रह गरे ।
प्रशिक्षक सर्प उद्धारकर्ता प्रभात संग २०० बढि सर्प उद्धार गरेको अनुभव छ । उनले किङ कोब्रा (बिषालु) र अविषालु सर्प लिएर गुकुलका विद्यार्थीहरु सामु प्रत्यक्ष रुपमा देखाएका थिए भने विद्यार्थीहरुले प्रत्यक्ष उक्त सर्पहरुलाई हातमा राखेर सर्प चिन्ने अनुभव समेत गरेका थिए । सर्पबारे प्रशिक्षण कार्यक्रममा गुरुकुल एकेडेमी तुलसीपुरका कक्षा ६ देखि ९ सम्मका विद्यार्थी तथा विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।
